चितवन विशेष
ब्लड डोनर्स सोसाइटी चितवन शाखा गठन, अध्यक्षमा एकराज

चितवन, जेठ २८–
रक्तदान बारे सचेतना जगाउने अभियान स्वरुप ब्लड डोनर्स सोसाइटी चितवन शाखा गठन गरिएको छ ।
ब्लड डोनर्स सोसाइटी नेपाल अन्तरगत जिल्ला शाखा गठन गरिएको हो । भरतपुरमा भएको बृहत भेलाले एकराज बुर्लाकोटीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति चयन गरिएको छ । शाखाको उपाध्यक्षमा अभिषक अधिकारी, सचिवमा विपिन पाठक, सह–सचिवमा सन्तोष थापा, कोषाध्यक्षमा सुजता दवाडी, सह–कोषाध्यक्षमा सृजना कंडेल चयन भएका छन् ।
यसैगरि सदस्यहरुमा हरि लम्साल, गोविन्द नेपाल, अनमोल श्रेष्ठ, मनरुपा पौडेल, विष्णु तिवारी चयन भएका छन् । कार्यक्रममा संस्थाका केन्द्रीय सल्लाहकारहरुलाई स्वागत एवं आजिवन सदस्यता वितरण समेत गरेको थियो । संस्थाका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षता तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री विजय सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो । यस्तै विशिष्ट अतिथिको रुपमा संस्थाका केन्द्रीय सल्लाहकारहरु बालचन्द्र पोखरेल, गुनाखर बस्याल, अर्जुन भुषाल, भागिरथ बस्याल, राजु चौधरी, नेपाल कल्याण समाज जापानका केन्द्रीय सदस्य राजु सापकोटा, सामाजिक ब्यक्तित्व ज्ञानेन्द्र राज पान्डे लगायतको उपस्थितिमा कार्यक्रम संचालन गरिएको थियो। कार्यक्रममा संस्थाको केन्द्रीय पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्दै संस्था जोडिन र अभियान सफल बनाउन सबैमा अनुरोध समेत गरे ।संस्थाका सचिव अन्जन तिवारीले संस्थाको प्रगति विवरण माथी प्रकाश पारेका थिए । यस्तै कार्यक्रममा बोल्दै सामाजिक व्यक्तित्वहरुले “एक घर एक रक्तदाता” भन्ने मुल नारालाईआत्मसाथ गर्दै अगाडी बढ्नुपर्ने कुरामा संस्थाले अझै देश व्यापी रुपमा कार्यहरु गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै पूर्व मन्त्री विजय सुवेदीले संस्थाले विगतका धेरै वर्ष देखिनै रक्तदान कार्यक्रमहरु गदैँ आएकोमा र अहिलेको चरम रगत अभावको समयमा रक्तदान कार्यक्रम आयोजना गरेर धेरैको ज्यान जोगाउने काममा लागेकोमा संस्थालाई धन्यवाद समेत ब्यक्त गरे ।