Breaking News

७ करोड बढी हिनामिना पारेको अरोपमा स्क्वाएर सहकारीका तीन सञ्चालक पक्राउ

Banner

काठमाडौं, जेठ २७-

सात करोडभन्दा बढी हिनामिना गरेको आरवपमा काठमाडौंमा सञ्चालति स्क्वाएर सहकारीका तीन सञ्चालक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले अध्यक्ष वासुदेवमान जोशी, सचिव सूवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछैंलाई पक्राउ गरेको हो ।

आकर्षक ब्याज दिने भनी लोभ्याएर सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक र त्रैमासिक तथा वार्षिक रूपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण सावा, ब्याज फिर्ता पाउने विश्वासका साथ उनीहरूले रकम जम्मा गर्न लगाउने गरेको बताइएको छ ।

उक्त संस्थामा बचतकर्ताले जम्मा गरेको रकमको सावाँ, ब्याज पटक(पटक ताकेता गर्दा पनि फिर्ता नदिएपछि निक्षेप जोखिममा रहेको भन्दै बचतकर्ताले उजुरी गरेका थिए ।

झन् उल्टै संस्था नै बन्द गरी उनीहरूलाई काठमाडौं महानगरपालिका, नगर कार्यापालिकाको कार्यालय, सहकारी विभागको पत्रको आधारमा काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार ब्युरोले सहकारी ऐन, २०७४ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>