चितवन विशेष

प्रभु बैंक र चितवनका १६ भन्दा बढी होटेलबीच छुट सम्झौता

Banner

चितवन,जेठ २७-

भरतपुर भम्रण वर्ष २०२४ लाई लक्षित गर्दै प्रभु बैंकका कर्मचारी र ग्राहकलाई चितवनका होटेल तथा रेस्टुरेन्ट सेवामा विशेष छुट दिने सम्झौता गरिएको छ । सम्झौतापत्रमा प्रभु बैंकको गण्डकी प्रदेशकी प्रमुख सांग्रिला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार, प्रभु बैंकका कर्मचारी र ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजालगायत होटेलमा उपलब्ध सम्पूर्ण सेवा सुविधामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौताबमोजिम प्रभु बैंकका कर्मचारी र ग्राहकले आवासमा आठदेखि १५ प्रतिशत तथा खाना र पेयपदार्थमा १० देखि १५ प्रतिशतसम्म छुट पाउनेछन् । चितवन विभिन्न प्राकृतिक छटाले भरिपूर्ण रमणीय पर्यटकीयस्थलका रूपमा चिनिन्छ । सौराहा, मेघौली, कसरा, देवघाटधामलगायत रमणीय एवं धार्मिक क्षेत्रको भ्रमण गर्न यो उपयुक्त गन्तव्यका रूपमा लिन सकिन्छ ।

‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०२ शाखा कार्यालय, २८५ एटीएम र ७० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>