चितवन विशेष
भरतपुर २९ मा ६३ जनामा परीक्षण गर्दा ५ जनामा क्षयरोग
०

चितवन,जेठ २७-
भरतपुर महानगरपालिका २९ अन्तर्गत कबिलास स्वास्थ्य चौकी भरतपुर २९ बाट आफ्नो कार्यक्षेत्रमा सन्चालन भएको क्षयरोगको समुदायमा सक्रिय खोजपड्ताल कार्यक्रम सम्पन्न भएको छ। यो अभियानमा जम्मा संकलन भयको नमुना ६३ वटा मध्य ५ वटा नमुना क्षयरोग निदान भएको छ।
अभियानमा टोल विकास सस्थाका अध्यक्ष र महिला स्वयंसेविकालाई अभिमुखिकरण कार्यक्रम सन्चालन गरि स्वास्थ्यकर्मी सहितको संयुक्त टोलिले सम्भावित बिरामी खोजी अभियान चलायकोले भौगोलिक विकटताका बिच पनि कार्यक्रम सफल भएको जानकारी स्वास्थ्य चौकी प्रमुख इन्द्र विलास ढकालले दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























