चितवन विशेष

चितवनमा मासु पसल र प्रशोधित पानीको अनुगमन गर्न उपभोक्ता अधिकार संरक्षण मञ्चको आग्रह

Banner

सुरेशकुमार अधिकारी,

चितवन, जेठ २६-

उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनले मासु पसल र प्रशोधित पिउने पानीको अनुगमन गर्न जिल्ला प्रशासन कार्यालय चितवनलाई आग्रह गरेको छ । यस विषयमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि अनुगमन नभएको मञ्चले बताएको छ ।

मासु पसल र प्रशोधित पिउने पानीको अनुगमन गरी कसुरदारलाई कडा कारबाही गर्न मञ्चले माग गरेको छ । मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले प्रजिअलाई निवेदन लेखी पिउने पानीमा ३०० प्रतिशतसम्म मुनाफा लिई उपभोक्तामाथि चरम शोषण गरिएको बताए ।

त्यस्तै, हल्का पेय पदार्थ र प्याकेजिङ गरिएका खानेकुराहरुमा अधिकतम खुद्रा मूल्यभन्दा बढी मूल्य लिने गरिएको पाइएको उनले बताए । उपभोक्ताको हित हुने गरी बजार अनुगमन गर्न उनले आग्रह गरेका छन् ।

फाइल फाेटाे

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>