चितवन विशेष

गर्मी मौसममा विद्यालय बन्द किन नगर्ने ?

Banner

सुरेशकुमार अधिकारी
चितवन, जेठ २६-

हामी सबैलाई थाहा छ, प्रायः जसो तराई, मध्य तराईको भू–भागहरुमा (फागुनदेखि जेठसम्म) बढी गर्मी हुने र तातो हावा (लु) चल्ने गर्छ । जेठ महिनामा घाम चर्को लाग्ने, पानी पर्न नसक्ने र तातो हावा बढी बहने भएकाले यस्ता मौसममा विभिन्न खाले रोगहरु लाग्नसक्ने सम्भावना रहन्छ ।

गर्मीको समयमा पानी प्रशस्त पिउन नसके पानीको कमीले मानिस ढल्न पनि सक्छ । त्यसमा पनि विद्यालयमा पढ्ने विद्यार्थीहरु विद्यालयको वातावरण अनुकूल भौतिक व्यवस्था नभएकै कारण विद्यालयमै ढल्ने, मुर्छा पर्ने र बिरामी पर्नसक्ने हुन सक्छ ।

विद्यालयले दिने ‘मिन पचास’ को बिदा यो बेला दिनुपर्ने हो । यो समाचार बनाउँदासम्म विद्यालयमा बिदा दिएको कतै भेटिएन । त्यसमा पनि चितवनको हकमा र तराईतिर तातो हावा बहन शुरु भइसकेको छ । यस्तो उखरमाउलो गर्मीमा पनि विद्यालय व्यवस्थापन समिति र विद्यालय मौन छ । त्यसमा पनि शिक्षा मन्त्रालय, शिक्षा विकास तथा समन्वय इकाई, भरतपुर महानगरपालिका र सम्बन्धित वडाहरु पनि मौन छन् । यो महत्वपूर्ण विषय हो, यसमा सम्बन्धित निकायको ध्यान पुगोस् ।

विद्यालयको अवस्थाको कुरा गर्ने हो भने प्रायः जसो विद्यालयहरुको छाना टिनको, होचो र पर्याप्त छहारी नभएको पाइन्छ । यो झनै बालबालिकाहरुको लागि जोखिम हो ।

विद्यालय कोठाको दुवै साइडबाट पर्याप्त हावा खेल्ने झ्याल, भेन्टिलेटर हुन पर्दछ । त्यो प्रायः विद्यालयमा छैन पनि । पर्याप्त पिउने पानी नहुनु र भएका क्यान्टिनहरुमा खुवाइने खाजा जङ्क फुड प्रकारको हुनुबाट झनै बिरामी पर्ने सम्भावना रहन्छ ।

विद्यार्थीहरुले घरमाभन्दा बढी समय विद्यालयमा बिताउनु पर्ने हुँदा यो चर्को घामको गर्मीयाममा मुर्छा पर्ने र बिरामी हुने सम्भावनालाई मध्यनजर गर्दै कम्तीमा १५ दिन गर्मी बिदा दिन जरुरी छ ।

अहिले तापक्रम बढेर कोठामा ३५/४० डिग्री र बाहिर ४५ डिग्रीसम्म पुगेको पाइन्छ । यस्तो अवस्थामा सम्बन्धित निकायले ध्यान पु¥याओस् । आशा गर्छौँ यो समाचारले आँखा खुल्ने नै छ, स्वस्थ रहौँ, जोखिम नमोलौँ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>