Breaking News
सुमनालक्षित अभिव्यक्तिबारे ओलीः मलाई अनावश्यक जोड्नु व्यर्थ छ
०

चितवन,जेठ २५-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठप्रति लक्षित गरेर आफूले कुनै अभिव्यक्ति नदिएको स्पष्टीकरण दिएका छन्। शुक्रबार भरतपुर विमानस्थलमा अध्यक्ष ओलीलाई सञ्चारकर्मीले दिएको अभिव्यक्तिबारे प्रश्न गरेका थिए। ओलीले शिक्षामन्त्री श्रेष्ठप्रति लक्षित गर्दै विदेशीसँग विवाह गरेर नेपाल घुम्न आएको बेलामा मन्त्री भएको भन्ने अभिव्यक्ति दिएका थिए।
सो अभिव्यक्ति सामाजिक सञ्जालमा पनि निकै भाइरल भएको थियो। जसबारे मन्त्री श्रेष्ठ स्वयंले पनि प्रतिवाद गरेकी थिइन्। यसबारेको जिज्ञासामा ओलीले भनेका छन्, ‘त्यो कसैसँग सम्बन्धित छैन, संयोगले कसैसँग कुनै नाम मिले जस्तो, ठेगाना मिलेजस्तो पनि लाग्दैन मलाई, त्यसलाई अनावश्यक ढंगले जोड्नु व्यर्थ छ।’