मनोरञ्जन

सुदर्शन थापालाई अनुसन्धानका लागि अदालतमा पेस गरिँदै

Banner

काठमाडौं, जेठ २२-

चलचित्र निर्देशक सुदर्शन थापालाई प्रहरीले थप अनुसन्धानका लागि प्रक्रिया अगाडि बढाएको छ ।

बौद्ध प्रहरीले निर्देशक थापालाई अनुसन्धानका लागि म्याद थप गर्न आज अदालतमा पेस गर्दै छ । थुनामा राखेर अनुसन्धान गर्न म्याद थपको प्रक्रियाका लागि थापालाई अदालत लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

निर्देशक थापा सोमबार काठमाडौंको कमलपोखरी क्षेत्रबाट पक्राउ परेका थिए । आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । आफूहरूको मन्जुरीबिना चलचित्र ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएका थिए । थापा ‘प्रसाद–२’ का निर्देशक हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>