चितवन विशेष

नेपालको प्रत्येक रनमा वैदिक आयुर्बेदले असाहय,जेष्ठ नागरिकलाई खाना खुवाउने

Banner

चितवन, जेठ २२-

चितवनको वैदिक आयुर्वेद सेवा प्रा.लिले जारी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली खेलाडीले लिने प्रत्येक रन बराबरको संख्यामा असाहय, अनाथ बालबालिका तथा जेष्ठ नागरिकलाई खाना खुवाउने भएको छ । अमेरिका र वेस्टइन्डिजमा जारी विश्वकपमा नेपाली क्रिकेट खेलाडीको मनोबल उच्च राख्न वैदिकले सामाजिक कामको घोषणा गरेको हो । वैदिक आयुर्वेदका प्रबन्धक चक्रपाणि न्यौपानेले सिमित स्रोत र साधनका विचपनि नेपाली खेलाडिहरु विश्वकपमा पुग्नु गौरवको बिषय भएको भन्दै यस्तो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्छन भन्नेमा ढुक्क छौं,आगामी दिनमा नेपाली क्रिकेट खेलको विकासका लागि सहयोग गर्नेछौं ।’
न्यौपानेले विश्वकप सकिएपछि चितवनका विभिन्न आश्रममा पुगेर असाहय अनाथ बालबालिका तथा जेष्ठ नागरिकलाई खाना खुवाउने जानकारी दिनुभयो । वैदिक आयुर्वेदले सामाजिक उत्तदायित्व अन्तर्गत चितवनका हरेक क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । पछिल्लो समय आयुर्वेदको क्षेत्रमा वैदिकले आफ्नो छुट्टै अस्तिस्व समेत बनाइसकेको छ । नेपालले जारी विश्वकपमा आफ्नो पहिले खेल नेपाली समय अनुसार राति ९ः१५ बजे नेदरल्याण्डसंग खेल्दै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>