चितवन विशेष

पछिल्लो २४ घण्टामा चितवनको देवघाट क्षेत्रमा भारी वर्षा

Banner

चितवन,जेठ २१-

चितवनको देवघाट क्षेत्रमा भारी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाले सोमबार (आज) साँझ ५ः३० बजे दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा चितवनको नारायणीस्थित देवघाट स्टेसनमा ५१.२ मिलिमिटर वर्षा भएको हो।

मौसमविद्का अनुसार २४ घण्टाभित्र ५० मिलिमिटरभन्दा माथि सय मिलिमिटरभन्दा मुनि वर्षा हुनुलाई भारी वर्षा भनिन्छ। यस्तै यस अवधि (पछिल्लो २४ घण्टा) मा चितवनको देवघाटपछि सबैभन्दा धेरै वर्षा दोलखाको लामा बगमार ३३.४ मिलिमिटर वर्षा भएको छ। यस्तै स्याङ्जाको आधीखोलास्थित बोर्लाङपुलमा ३२.८ मिलिमिटर वर्षा भएको छ।

यसबाहेक पछिल्लो २४ घण्टामा देशका अन्य स्थानमा २१।६ मिलिमिटर (झापाको दमक)र यसभन्दा मुनिको मात्रामा वर्षा भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>