चितवन विशेष

सकियो उद्घोषण कलासम्बन्धी तालिम

Banner

भरतपुर,जेठ २१-

जेन्युन ग्रुप प्रालिसँगको सहकार्यमा अल टाइम मिडिया प्रालिले सञ्चालन गरेको एक हप्ते उद्घोषण तथा नेतृत्व विकास तालिम सकिएको छ । जेठ १३ गतेदेखि सञ्चालन भएको तालिम सोमबार सकिएको हो । सोमबार भएको समापन कार्यक्रम कार्यक्रम संयोजक दीपक पौडेलको अध्यक्षता तथा कम्प्युटर एसोसिएसन महासंघ चितवनका अध्यक्ष टेकलाल भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

तालिममा सहभागी पवित्रा साईले सञ्चालन गरेको कार्यक्रममा सहभागीका तर्फबाट अमृता चापागाईँ, एलिस पौडेल, सुदृढ पोख्रेल, शान्ति राई, सपना सापकोटालगायतले शुभकामना मन्तव्यसहित आफ्ना अनुभव सुनाएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुसालले यस्ता कार्यक्रमले नयाँ पुस्ताको लागि राम्रो अवसर प्रदान गरेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आवश्यक रहेको बताए ।
कार्यक्रम संयोजक पौडेलले भने पहिलो चरणको तालिम सकिएको हुँदा यसलाई वर्षभरी नै सञ्चालन गराउने योजना रहेको बताए । केही दिनमा पुनः दोस्रो समूहका लागि तालिम सञ्चालन गर्ने तयारीमा रहेको उनले बताए ।

चितवनको सञ्चारमाध्यममा दशक बढी अनुभव संगालिसकेका सञ्चारकर्मीहरूबाट प्रदान गरिएको तालिमको समापन कार्यक्रममा समाजसेवी भुवनप्रसाद श्रेष्ठ, जेन्युन ग्रुपका अध्यक्ष सङ्कल्प पोख्रेललगायतको पनि उपस्थिति थियो । तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>