मनोरञ्जन

फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

Banner

काठमाडौं, जेठ २१-

फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । फिल्म ‘ प्रसाद २’ विवादको मुद्दामा पक्राउ पुर्जी जारी भए पनि फरार रहेका सुदर्शनलाई प्रहरीले आज (सोमबार) दिउँसो पक्राउ गरेको हो।

उनलाई बालुवाटारको रोयल अम्पायर होटल परिसरबाट पक्राउ गरिएको काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।  पक्राउ पुर्जी जारी भए पनि फरार रहेका सुदर्शनलाई प्रहरीले पक्राउ गरेको हो।

आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>