चितवन विशेष

भरतपुरको नवजागृती वनमा बाघको आक्रमणबाट एक जना घाइते

Banner

चितवन, जेठ २१-

भरतपुर महानगरपालिका–११ स्थित जनजागृती सामुदायिक वनमा निउरो टिप्न गएका स्थानीय एक पुरुषलाई बाघले आक्रमण गरेको छ ।

आइतवार बेलुका ५ बजेको समयमा वनमा निउरो टिप्न गएका भरतपुर–११ कुमालकोठी बस्ने २९ वर्षीय सुमन कुमाललाई बाघले आक्रमण गरेको हो ।

बाघले आक्रमण गर्दा कुमालको मुख र दाँहिने हातमा चोट लागि मध्यम घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>