चितवन विशेष

चितवनमा हावाहुरीले सय बढी बिजुलीका पोल ढले,आज लाइन आउने सम्भावना न्युन

Banner

भरतपुर,जेठ १८-

चितवनमा शुक्रबार अपरान्ह आएको भिषण हावाहुरीसहितको पानीले ठूलो क्षति पु¥याएको छ । ठाउँ–ठाउँमा रुख ढल्दा मुख्य र सहायक राजमार्ग अबरुद्ध छन भने विजुलीको पोलमा समेत क्षति पुगेको छ ।

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार हावाहुरीले सय बढि बिजुलीका पोल ढलेका छन । केन्द्रका प्रमुख रामु श्रेष्ठले धेरै ठाउँमा बिजुलीका पोल ढलेको भन्दै आज लाइन आउने सम्भावना न्युन रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘विद्युतका सबै कर्मचारी खटिएका छौं,सम्भव भए बजार क्षेत्रमा लाइन छाड्नेछौं ।’ उहाँले विद्युतका पोल ढलेका र तार चुडिएका ठाउँबाट नेपाल विद्युत प्राधिकरणलाई जानकारी दिन समेत अनुरोध गर्नुभयो ।

भरतपुर महानगरसंगै पश्चिम चितवन र पूर्वी चितवनमा समेत हावाहुरीले क्षति पु¥याएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>