चितवन विशेष

लोकतान्त्रिक गणतन्त्रको राम्रो पक्ष सबैलाई बुझाउन आवश्यकः नेता निधि

Banner

चितवन,जेठ १८-

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतान्त्रिक गणतन्त्रको राम्रो पक्ष सबैलाई बुझाउन आवश्यक रहेको बताउनुभएको छ ।

आज चितवनको मङ्गलपुरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान चितवनले आयोजना गरेको ‘लोकतान्त्रिक गणतन्त्रको स्थायित्वमा देखिएका चुनौती र समाधानका उपायहरु विषयक’ प्रवचन कार्यक्रममा उहाँले लोकतान्त्रिक गणतन्त्रको रक्षा र स्थायित्वको लागि भावी पुस्ताहरुमा विश्वास र आस्था जगाउँदै यसका राम्रा पक्षहरुबारे जनचेतना जगाउन अभियान चलाउनुपर्ने आजको आवश्यकता भएको बताउनुभयो ।

उहाँले भन्नुभयो ,“लोकतान्त्रिक गणतन्त्रको स्थायित्व हाम्रो जिम्मेवारी हो । नेपाली कांग्रेस मात्र यसको खतरा पहिचान गरेर अगाडि बढ्न सक्छ । कसैले लोकतान्त्रिक गणतन्त्र समाप्त पार्न सक्दैन ।” उहाँले जुनसुकै पक्षहरुमा चुनौती र बाधाहरु आउने हुँदा यसको निराकरण गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । लोकतन्त्रवादीले यसको पक्षमा अभियान चलाउन र नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने उहाँको धारणा थियो । सङ्घीय लोकतान्त्रिक गणतान्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउनु अहिलेको आवश्यकता भएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “जुन देशमा निर्वाचन प्रणाली छैन त्यहाँका जनता सार्वभौम हुन सक्दैनन्, सार्वभौम जनताको हितमा काम गर्ने लोकतान्त्रिक गणतन्त्र हाम्रो देशमा छ, यहाँ निर्वाचन प्रणाली छ ।” नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली चुनौतीमा रहेकाले यसको समाधानका लागि लोकतन्त्रवादीले पहिला आफैँले बुझेर मात्रै अरुलाई यसबारे बुझाउनु पर्ने धारण राख्नुभयो । उहाँले भन्नुभयो, “जो यो प्रणालीमा विश्वास गर्दैनन्, तिनिहरुसँग प्रतिस्पर्धा गर्न अगाडि बढ्नुपर्छ ।”

नेता निधिले पहिलो संविधानसभाका बेला अमेरिका भ्रमण गएको प्रसङ्ग उल्लेख गर्दै त्यो बेला नेपालमा बस्न सकिएन, नेताहरुले केहि गरेनन्, देश फर्कन्न भन्नेहरु अहिले सत्तामा रहेको सङ्केत गर्दै लोकतान्त्रिक गणतन्त्रको सबल पक्षको गतिलो उदाहरण यही भएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>