चितवन विशेष
चितवनमा १५० किलो गाँजा बरामद
०

चितवन,जेठ १८-
चितवनको राप्ती नगरपालिका–८ खुरखुरेबाट १५० किलो गाँजा प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले बीआर २२ क्यू ४३४१ नम्बरको पिकअप गाडीबाट गाँजा बरामद गरेको हो । गाडी जाँच गर्न खोज्दा चालक फरार भएका थिए ।
गाडीको पछाडि ढालामा वेल्डिङ गरी बनाएको फल्स बटनमा लुकाइछिपाइ राखेको १८ वटा पोकामा १५० किलो गाँजा भेटिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>






















