Breaking News

भारतको केरल आइपुग्यो मनसुन, नेपालमा सात दिनभित्र मनसुनको प्रभाव देखिने

Banner

काठमाडौ,जेठ १८-

यस वर्ष सरदरभन्दा छिटो मनसुन भित्रिने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन भारतको दक्षिण प्रान्त केरल आइसकेको छ। मौसमविद् वरूण पौडेलले बुधबार केरलमा मनसुन भित्रिसकेको बताए। त्यहाँको मनसुन विभागले जुन ३१ मा मनसुन केरल आइपुग्ने प्रक्षेपण गरेकामा एक दिन अगाडि नै भित्रिएको थियो।

मौसमविद् पौडेलले नेपालमा सात दिनभित्र मनसुनको प्रभाव देखिने बताए। ‘साधारणतया केरलमा जुन २८ मा मनसुन प्रणाली भित्रिने गर्थ्यो। बिहीबार अर्थात् मे ३० बाट केरलमा मनसुन प्रवेश गरेको छ। त्यसैको आधारमा नेपालमा सरदरभन्दा छिट्टै मनसुन भित्रिन्छ भनेर यकिन त गर्न सकिँदैन। तथापि सात दिनभित्र त्यसको प्रभाव देखिन सक्छ,’ उनले भने।

अर्का मौसमविद् मीनकुमार अर्यालका अनुसार भारतको मेघालय, त्रिपुरा, केरललगायत प्रान्तमा मनसुन भित्रिएको र उत्तर पश्चिम क्षेत्रतर्फ प्रभाव विस्तार गर्न थालेकोले नेपालमा पनि समयमै आइपुग्ने सम्भावना छ। साधारणतया नेपालमा जुन १३ मा मनसुन भित्रिने गर्छ। अघिल्लो वर्ष जुन १४ अर्थात् जेठ ३१ मा भित्रिएर असोज २८ गते बाहिरिएको थियो। नेपालमा हिउँद याममा पश्चिमी वायुको प्रभाव रहन्छ। मनसुन याममा आउने पूर्वी वायुले त्यसलाई विस्थापित गर्नुपर्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>