मनोरञ्जन
केपी ओलीले लेखेको खेलकुद गीत ‘चान्स पायो कि नेपालीले गर्छ’ सार्वजनिक
०

काठमाडौं, जेठ १७-
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको नेपाली खेलकुद गीत बजारमा आएको छ । ‘चान्स पायो कि नेपालीले गर्छ’ भन्ने गीत सार्वजनिक भएको छ ।
दशकपछि नेपालले टी-२० विश्वकप क्रिकेट खेल्न लागेको अवसरमा सार्वजनिक भएको यो गीतलाई सशस्त्र प्रहरी निरीक्षक पृथ्वी खनालले संगीत र स्वर भरेका छन् ।
उनको स्वरमा आरसी रिमालले पनि साथ दिएका छन् । उक्त गीतमा साहस शाक्यको संगीत संयोजन छ । गायक खनालले आफ्नो युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























