चितवन विशेष
सेन्ट्रल कलेजका ९७ प्रतिशत विद्यार्थीले पाए जापान जाने (प्रि-भिसा) सिओई

भरतपुर,जेठ १६-
जापानमा उच्च शिक्षा अध्ययनका लागि सेन्ट्रल कलेजबाट प्रोसेस गरेका ९७ प्रतिशत विद्यार्थीले (प्रि–भिसा) सिओर्ई प्राप्त गरेका छन । कलेजबाट भाषा कक्षा लिएर जुलाई इन्टेक २०२४ का लागि प्रोसेस गरेका ९७ प्रतिशत विद्यार्थीले अध्ययनका लागि अनुमति सिओई प्राप्त गरेका हुन । बिगत डेढ दशकदेखि उच्च शिक्षाका लागि जापान जाने विद्यार्थीहरुको चाहाना पूरा गर्दै आइरहेको कलेजले जुलाई इन्टेक २०२४ का लागि उत्कृष्ट नतिजा हासिल गरेको कलेजका प्रिसिन्पल यज्ञ विलास (वाइबी) पौडेलले बताउनुभयो । उहाँले यो नतिजा गत अप्रिल इन्टेकभन्दा दुई प्रतिशत बढी रहेको जानकारी दिनुभयो । यति धेरै सफलता पहिलो पटक मिलेको भन्दै उहाँले यसले थप उत्साह बढेको बताउनुभयो । आउने इन्टेकहरुमा कलेजले सय प्रतिशत नतिजा ल्याउनेगरी काम गरिरहेको पौडेलले जानकारी दिनुभयो ।
उहाँले विद्यार्थीलाई बधाई दिँदै उज्ज्वल भविष्यको कामना गर्नुभयो । सिओर्ई प्राप्तपछि गर्नुपर्ने अन्य प्रकृयाका बारेमा विद्यार्थीलाई कलेजले जानकारी समेत दिइसकेको छ । जुलाइ इन्टेकका लागि केही विद्यार्थीको रिजल्ट आउन बाँकी रहेको सेन्ट्रल कलेज चितवनले जनाएको छ । पछिल्लो समय सेन्ट्रल कलेज जापान जानका लागि उत्कृष्ट र विश्वासिलो परामर्श केन्द्रको रुपमा स्थापित भएको छ ।
‘सिओर्ई प्राप्त गरेका विद्यार्थीको एक प्रतिशत काम मात्रै बाँकी रहन्छ । हामीले सिओर्ईलाई भिसा बराबरको सफलता मान्छौँ’, पौडेले भन्नुभयो, ‘सेन्ट्रल कलेजले सयौंलाई सफलता दिन सफल भएको छ ।’ सिओर्ई प्राप्त भएपछि काठमाडौँस्थित जापानिज दुतावासमा विद्यार्थीको अन्तरवार्ता र पासपोर्टमा छाप लगाउने काम मात्र बाँकी रहने उहाँले बताउनुभयो । जापनिज भाषाका टेष्टहरुमा पनि कलेजमा अध्यनन गरेका विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेको उहाँको भनाइ छ । ‘सिओर्ई प्राप्त गरेपछि पनि विद्यार्थीलाई जापान पठाएर त्यहाँ सेटलमेन्टसम्मको जिम्मा हामीले नै लिन्छौँ’, उहाँले भन्नुभयो । कलेजले कक्षा १२ को परीक्षा दिएर बसेका बिद्यार्थीहरुलाई लक्षित गरेर बिषेश प्याकेज समेत ल्याएको छ । समयमै कलेजमा सम्पर्क गरेर परामर्श लिदै खाली समयको सदुपयोग गर्न प्रिन्सिपल पौडेलले अनुरोध गर्नुभयो ।
सेन्ट्रल कलेजले चितवन,नवलपुर र तनहुँ जिल्लालाई आधार बनाएर विभिन्न संघसंस्था संग मिलेर सामाजिक काम गर्दै आइरहेको छ । यस्तै कलेजले खेलकुदका संघ र क्लबसंग मिलेर बिभिन्न प्रतियोगिता आयोजना गरिरहेको छ भने लागुपदार्थ दुव्र्यसनी न्यूनिकरण,ट्राफिक सचेतना र रक्तदानका कार्यक्रम गरिरहेको छ । विद्यालय र कलेजसंग मिलेर विद्यार्थीको हितका विभिन्न गतिविधि सेन्ट्रल कलेजले गर्दै आइरहेको छ ।
नेपाल सरकार शिक्षा मन्त्रालयबाट सम्बन्धन प्राप्त यस कलेजले नेपालमै केही गर्न चाहाने विद्यार्थीलाई पनि सिप सिकाउँदै आएको छ भने यहाँ नै उच्च शिक्षा अध्ययन गर्न चाहानेलाई कलेज र बिषय छनोट गर्न सहयोग गर्ने गरेको छ ।
सेन्ट्रल कलेजले जापानका टोकियो, ओसाका, नागोया, फुकुओका, हिरोसिमा, वकिनवा, सेन्दाई, लगायतका विभिन्न सहरहरुमा विद्यार्थी पठाउँदै आइरहेको छ । कलेजले परामर्श, भाषा कक्षा, अप्लाई गर्ने र जापानको विद्यालयमा भर्ना गराउन सहयोग गर्ने लगायत विद्यार्थीलाई उक्त ठाउँमा पु¥याउने व्यवस्था गर्ने गरेको प्रिन्सिपल पौडेलले बताउनुभयो । कलेजले जापानको नागोया सहरमा आफ्नै कार्यलय समेत सञ्चालन गरिसकेको छ ।
सेन्ट्रल कलेजमा भाषा कक्षा अध्ययन गर्न चाहनेले कलेजको मुख्य कार्यालय भरतपुर ओरालो र अन्य शाखा कार्यालय सौराहा चोक टाँडी, थानाचोक कावासोतीमा सम्पर्क गर्न सक्नेछन् । कलेजले जापानसँगै अष्ट्रेलिया, क्यानडा, युके, युएसए, दुबई, दक्षिण कोरिया र युरोपका विभिन्न देशहरुमा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई आइइएलटिएस, पिटिइ, टोफल, अंग्रेजी, जापनिज र कोरियन भाषा कक्षा तथा होटल प्राविधिकसँगै कम्प्युटरका कक्षा सञ्चालन सँगै परामर्श र भिजा प्रोसेसिङका काम समेत गरिरहेको छ ।
विद्यार्थीका लागि निःशुल्क भाषा कक्षा र बस सेवा सञ्चालन गरिरहेको कलेजले नारायणगढको ओरालोमा आफ्नै भवन निर्माण गरेर सेवा दिन थालेको छ । कलेजले टाढाबाट अध्ययनका लागि आउने विद्यार्थीका लागि हास्टेलको समेत व्यवस्था गरेको जनाएको छ ।























