Breaking News
बजेटः नारायणीमा जलमार्ग निर्माण सुरु गरिने,सुरक्षित टर्मिनल समेत बनाइने
०

चितवन,जेठ १५-
सरकारले नारायणी र सुनकोसी नदीमा जलमार्ग निर्माणकार्य सुरु गर्ने घोषणा गरेको छ । आउँदो आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले यस्तो घोषणा गरेको हो ।
यसअघि, नीति तथा कार्यक्रममा सरकारले पानीजहाज सञ्चालनका निम्ति आवश्यक तयारी गर्ने कार्यक्रम राखेको थियो । “सुनकोसी र नारायणीमा जलमार्ग निर्माण सुरु गरिनेछ,” बजेट वक्तव्य दिँदै मंगलबार अर्थमन्त्री वर्षमान पुनले भने, “नारायणी नदीमा सञ्चालित जलयानमा यात्रु चढ्न र ओर्लिन सुरक्षित टर्मिनल निर्माण गरिनेछ ।”
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























