Breaking News

गर्मीले आत्तिएका चितवन बासीलाई झ्याप झ्याप लाइन काटिदा हैरानी

Banner

चितवन, जेठ १३-

चितवनको तापक्रम झण्डै ३९ डिग्री छ । गर्मीले उकुसमुकुस भएका नागरीकलाई पटक पटक विद्युत काटिदाँ झनै हैरानी भएको छ । झण्डै आधा महिनादेखि यो समस्या देखिरहेको हो ।
गर्मीका कारण सर्वसाधारणले एसी, पङ्खा लगायतका विद्युतीय सामाग्री बढी प्रयोग गरेपछि विद्युतमा ओभरलोड देखिएको विद्युत् प्रधिकरण भरतपुर बितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले जानकारी दिनुभयो ।

‘आज विहान आधा घण्टा विद्युत गयो । त्यसको असर इन्भटरमा पर्‍यो’ केन्द्रका प्रमुख श्रेष्ठले भन्नुभयो ‘एक्कासी विद्युतिय सामाग्री सञ्चालन हुँदा जिल्लामा लोड बढ्यो ।’ विद्युत गएपछि पहिलेको अवस्थामा ल्याउन केही समय लाग्ने उहाँको भनाई छ ।

उहाँका अनुसार अहिले जिल्लामा सय मेगावटभन्दा बढी विद्युत खपत भएको छ । पानी पर्नासाथ यो लोड एक्कासी घट्ने उहाँले बताउनुभयो । श्रेष्ठका अनुसार, पुस, माघ महिनामा जिल्लाभर ४० मेगावट विद्युत खपत हुन्छ । यो समस्यालाई छिट्टै समाधान गर्ने उहाँले बताउनुभयो ।

यसरी अघोषित रुपमा लोडसेडिङ हुन थालेपछि नागरिकले सास्ती झेल्नु परेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>