Breaking News

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले एक्सकाभेटर पुरियो,चालकको मृत्यु

Banner

भरतपुर,जेठ १३-

नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला पुल नजिकै पहिरो खसेर एक्सकाभेटर चालकको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका ५ मा पर्ने तुइन खोलामा पुल निर्माण भइरहेको स्थानमा पहाड काट्ने क्रममा आइतबार बिहान ९ बजे बा २ क ६८५१ नम्बरको स्काभेटर माथि ढुंगासहितको पहिरो खस्दा बर्दिया गेडुवा गाउँपालिका वडा नम्वर ४ घर भएका ३८ बर्षिय मंगल चौधरीको मृत्यु भएको हो । गम्भिर घाइते चौधरीको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरोले मेसिनमा क्षति पुगेको छ । पहिरोमा परेर मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख १५११ नम्बरको ट्रकमा समेत क्षति पुगेको रिजालले जानकारी दिनुभयो । पहिरो खसेपछि केहीबेर सवारीसाधन समेत अबरुद्ध भएको थियो । अहिले यातायातका साधन नियमित संचालनमा रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>