चितवन विशेष

बिद्यार्थी भिसामा दुबई जान चाहाने विद्यार्थीलाई लक्षित गरेर चितवनको भिटो एजुकेशनमा सेमिनार

Banner

चितवन,जेठ ११-

बिद्यार्थी भिसामा दुबई जान चाहाने विद्यार्थीहरुलाई लक्षित गरेर चितवनको नारायणगढमा सेमिनार सम्पन्न गरिएको छ । नारायणगढको शहिदचोकस्थित भिटो एजुकेशन कन्सलटेन्सीले आज (शुक्रबार) आफ्नो कार्यालयमा सेमिनार सम्पन्न गरेको हो । दुबईका चार कलेज तथा युनिभर्सिटीका प्रतिनिधि सहभागि सेमिनारमा एक सय बिद्यार्थी सहभागि भएका थिए । दुबईका युनिभर्सिटी र कलेजका प्रतिनिधिसंग अभिभावक र विद्यार्थीले जानकारी लिएका थिए ।

उच्च शिक्षा अध्ययनका लागि दुबई जान चाहाने विद्यार्थीलाई लक्षित गरेर भिटोले सेमिनारको आयोजना गरेको संचालक सरोज कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा १२ पास गरेका विद्यार्थीहरुले दुबई अध्ययनका लागि प्रोसेस गर्न सक्नेछन ।

दुबईमा अध्ययन गर्न जानका लागि आइएलटिएस, पिटिई चाहिँदैन । अष्ट्रेलिया, यूरोपको तुलनामा कम खर्चमा यहाँ अध्यनन गर्न जान पाइन्छ । ‘दुबईमा पनि विद्यार्थीका लागि पढ्दै काम गर्ने अधिकार छ,कोइरालाले भन्नुभयो,पछिल्लो समय दुबई बिद्यार्थीको आकर्षणको देश बन्न थालेको छ ।’ भिटो एजुकेशन कन्सलटेन्सीले दुबईसहित, अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके लगायतका देशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहाने विद्यार्थीलाई भाषा कक्षा, परामर्श र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>