मनोरञ्जन

गायिका अभया सुब्बाले किन हटाइन् सन्दीपविरुद्धको पोस्ट ?

Banner

काठमाडौं, जेठ ११-

नेपाली मूलकी भारतीय गायिका अभया सुब्बाले बिहिबार आफ्नो फेसबुकमा एउटा पोस्ट गर्दै क्रिकेटर सन्दीप लामिछानेलाई समर्थन गर्नेहरुले आफूलाई फ्रेन्ड लिस्टबाट हटाउन ‘ध्वाँस’ दिइन् । तर, उनको ध्वाँस २४ घन्टा पनि टिक्न सकेन ।

आफ्नो पोस्टमा अत्यधिक नकारात्मक टिप्पणीहरु आएपछि अभयाले पोस्ट नै डिलिट गरिदिएकी छन् । उनले कुनै क्षमायाचना भने गरेकी छैनन् । अभयाले आफ्नो स्टाटसमा लेखेकी थिइन्, ‘सन्दीप लामिछानेका सबै फ्यान र समर्थकहरूले मलाई अनफ्रेन्ड गरिदिनु होला । म मेरो वरिपरि नीच अनुयायीहरू हुनुभन्दा केही असल साथीहरू होउन् भन्ने चाहन्छु ।’

बलात्कारको मुद्दा खेपिरहेका सन्दीपलाई हालै उच्च अदालत पाटनले निर्दोष ठहर गरेको थियो । सफाइ पाइसकेको खेलाडीमाथि अभयाको टिप्पणीले सन्दीपका समर्थकलाई आक्रोशित बनाएको थियो । कतिले अभयाविरुद्ध गालीगलौजको वर्षा गरेका थिए । त्यसो त सांगीतिक क्षेत्रमा चर्चा पाउन नसकिरहेकी अभयाले ‘पब्लिक एटेन्सन’ को खोजीमा यो स्टाटस लेखेको आरोप लागेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>