Breaking News

संसदीय समिति आज नबन्ने पक्का, कार्यदलमा सहमति जुटेन

Banner

काठमाडौं,जेठ ११-

सहकारी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न बन्ने संसदीय समितिको कार्यादेशमा सहमति नजुटेपछि शुक्रबार त्यस्तो समिति नबन्ने पक्का भएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठक बस्नु अगावै समिति बनाउनका लागि कार्यदलको बैठक बसेको थियो । तर, कार्यदलको बैठकमा कार्यादेशमा सहमति जुटेन ।

बैठकपछि कार्यदल सदस्य नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘पार्टी भित्र छलफल गर्नुपर्ने भएको छ । गाँठो फुकाउन पर्छ भन्ने तर्फ उन्मुख छ । गृहमन्त्रीको नाम राख्ने विषयमा छलफल गर्न सकिँदैन भन्ने भएपछि आज कांग्रेस थप लचकता भएको छ । गृहमन्त्री संलग्न संस्थाहरुको नाम राखौँ भन्ने प्रस्ताव गरेका छौँ ।’ उनले आजको प्रतिनिधिसभा बैठक चल्ने दाबी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>