मनोरञ्जन

‘फर्की फर्की’ अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म भएको कलाकारको भनाइ

Banner

काठमाडौँ, जेठ १०-

नेपाली चलचित्र ‘फर्की फर्की’को प्रिमियर भएको छ ।

बुधवार काठमाडौंमा एक कार्यक्रमबीच चलचत्रिको प्रिमियर शो सम्पन्न भएको हो । प्रिमियर शोपछि रंगपत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र धेरै नै राम्रो रहेको र विशेष गरी चलचित्रका प्राविधिक पक्षहरु झनै उत्कृष्ट रहेको बताउनु भयो । उहाँले चलचित्रमा अभिनेता अनमोल केसी र जसिता गुरुङको अभिनय उत्कृष्ट रहेको बताउनु भयो । निर्देशन पक्ष एकदमै सबल रहेको र सिनेमा हेर्दा आफूलाई कोरियन सिनेमा हेरेको जस्तो अनुभुति भएको बताउनु भयो ।

उहाँले नेपालको आधुनिक शहरीकरण गरिएको जस्तो चलचित्र हेरेको महशुस भएको बताउनु भयो । अभिनता किरण केसीले चलचित्र अन्य भन्दा फरक र राम्रो लागेको बताउनु भयो । निर्देशन, छायांकन निकै राम्रो रहेको र विषयवस्तु पनि त्यत्तिकै उत्कृष्ट रहेको बताउनु भयो । उहाँले आम मानिसले अनमोलले अभिनयमा केही कमजोरी गर्ने गर्छ भन्ने छापलाई चलचित्र फर्की फर्कीले चिर्ने बताउनु भयो । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सबै कलाकारहरुको अभिनय उत्कृष्ट रहेको बताउनु भयो । चलचित्र कस्तो छ भन्नेकुरा दर्शकहरुले मूल्यांकन गर्ने कुरा भएको बताउनु भयो । अभिनेत्री भवसुन्धरा भुषालले चलचित्र धेरै नै राम्रो रहेको र नयाँ पुस्ताका लागि झनै राम्रो रहेको बताउनु भयो । उहाँले सबै दर्शकहरुले चलचित्र हेरिदिन आग्रह गर्नुभयो । अभिनेता रमेश उप्रेतीले चलचित्र फरक किसिमको रहेको र कलाकारहरुको अभिनय पनि राम्रो रहेको बताउनु भयो । अभिनेता केदार घिमिरेले चलचित्र फर्की फर्की धेरै बेग्लै किसिमको रहेको र धेरै नै राम्रो रहेको बताउनु भयो । अभिनेत्री सुरक्षा पन्तले चलचित्र धेरै नै राम्रो रहेको बताउनु भयो । उहाँले नयाँ खालको आइडियामा चलचित्र बनाउनु पनि उत्कृष्ट रहेको बताउनु भयो । अभिनेता दीपकराज गिरीले चलचित्र फर्की फर्की खर्चालु सिनेमा रहेको र मन खालेर चलचित्र निर्माणका लागि खर्च गरिएको बताउनु भयो ।

चलचित्रमा अनमोलको अभिनय सबैभन्दा राम्रो रहेको बताउनु भयो । चलचित्रको विषय यसअघि नेपाली सिनेमा प्रश्तुत नगरिएको बताउनु भयो । अभिनेत्री झर्ना थापाले चलचित्र नयाँ विषयवस्तुमा बनेको बताउनु भयो । चलचित्रमा अनमोलको अभिनय उत्कृष्ट रहेको बताउनु भयो । अभिनेत्री दीपाश्री निरौलाले चलचित्र अहिलेका चलचित्रहरु भन्दा धेरै नै फरक रहेको बताउनु भयो । चलचित्र रमाइलो र अनमोलको यस किसिमको अभिनय उत्कृष्ट रहेको बताउनु भयो । अभिनेत्री नीति शाहले चलचित्र निकै राम्रो लागेको बताउनु भयो । अभिनेता सलोन बस्नेत र सलिनमान बानियाँले पनि चलचित्र उत्कृष्ट रहेको प्रतिक्रिया दिनुभयो । सिनेमा फ्रेस रहेकाले सबैले मन पराउने बताउनु भयो । अभिनेत्री वर्षा शिवाकोटीले चलचित्र शुरुदेखि अन्तिमसम्म नै रमाइलो रहेको बताउनु भयो । अभिनेता सुशील श्रेष्ठले चलचित्र धेरै नै फरक र राम्रो रहेको बताउनु भयो । अभिनेत्री निता ढुंगाना र अभिनेता हरिहर शर्माले चलचित्रमा निर्माता र निर्देशकहरुले लोभ नगरीकन खर्च गरेको र फिल्म उत्कृष्ट बनेको बताउनु भयो । चलचित्रमा सबैकुरा नयाँ रहेकाले पनि राम्रो रहेको बताउनु भयो । अभिनेता अनमोल केसीले आफ्नै चलचित्रको प्रिमियरमा आफैँले सिट नपाएर बाहिर बसेको बताउनु भयो । अभिनेत्री जसिता गुरुङले चलचित्र कस्तो रहेछ भन्नेबारेमा सबैले प्रतिक्रिया दिन आग्रह गर्नुभयो ।

चलचित्र फर्की फर्कीलाई सुयोग गुरुङले निर्देशन गर्नुभएको छ । सुयोगकै कथा एवं पटकथा रहेको फिल्मको निर्मातामा ओमप्रकाश अग्रवाल हुनुहुन्छ । मनोज वली र रामु न्यौपाने सहनिर्माता, अरुण रिजाल एसोसियट निर्माता रहेको फिल्ममा मोती कार्की र अनिरूद्र गिरी कार्यकारी निर्माता हुनुहुन्छ । नरेन्द्र मैनालीको डिओपी रहेको फिल्मको सम्पादक सुरेन्द्र पौडेल हुनुहुन्छ । काफिया फिल्मस र कुबेर फिल्मले ‘फर्की फर्की’ लाई वितरण गर्नेछन् । फिलममा केसीसँगै जसिता गुरुङ, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको अभिनय रहेको छ । लभस्टोरी फिल्म बुद्ध जयन्तीको अवसर पारेर जेठ १० गते (आज) देखि प्रदर्शनमा आएको छ । –न्युज एजेन्सी नेपाल

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>