चितवन विशेष
बिद्यार्थी भिसामा दुबई जान चाहानुहुन्छ ? चितवनमा भिटो एजुकेशनले गर्दैछ सेमिनार

चितवन,जेठ ९-
बिद्यार्थी भिसामा दुबई जान चाहाने विद्यार्थीहरुलाई लक्षित गरेर चितवनको नारायणगढमा सेमिनारको आयोजना गरिएको छ । नारायणगढको शहिदचोकस्थित भिटो एजुकेशन कन्सलटेन्सीले यही शुक्रबार आफ्नो कार्यालयमा सेमिनारको आयोजना गरेको हो ।
उच्च शिक्षा अध्ययनका लागि दुबई जान चाहाने विद्यार्थीलाई लक्षित गरेर भिटोले सेमिनारको आयोजना गरेको संचालक सरोज कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा १२ पास गरेका विद्यार्थीहरुले दुबई अध्ययनका लागि प्रोसेस गर्न सक्नेछन ।
दुबईमा अध्ययन गर्न जानका लागि आइएलटिएस, पिटिई चाहिँदैन । अष्ट्रेलिया, यूरोपको तुलनामा कम खर्चमा यहाँ अध्यनन गर्न जान पाइन्छ । ‘दुबईमा पनि विद्यार्थीका लागि पढ्दै काम गर्ने अधिकार छ,कोइरालाले भन्नुभयो,पछिल्लो समय दुबई बिद्यार्थीको आकर्षणको देश बन्न थालेको छ ।’
शुक्रबार १२ बजेदेखि भिटो एजुकेशन कन्सलटेन्सीको कार्यालयमा दुबईका युनिभर्सिटी र कलेजका प्रतिनिधिको उपस्थितिमा अभिभावक र विद्यार्थीले थप जानकारी लिन सक्नेछन । भिटो एजुकेशन कन्सलटेन्सीले दुबईसहित, अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके लगायतका देशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहाने विद्यार्थीलाई भाषा कक्षा, परामर्श र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको छ ।

























