भिडियो

चलचित्र ‘पुजार सार्की’को गीत ‘जाउँ माया’ सार्वजनिक

Banner

काठमाडौं,जेठ १-

चलचित्र ‘पुजार सार्की’को तेस्रो गीत ‘जाउँ माया’ सार्वजनिक गरिएको छ । जेठ १० गते रिलिज हुने चलचित्रको गीतमा बि.पाण्डेले शब्दरचना छ । केतन क्षेत्रीको स्वर रहेको गीतमा संगीत सुवास भुसालले गरेका छन् ।

गीतको भिडियोमा आर्यन सिग्देल र अञ्जना बराइलीको प्रेम प्राप्तिमा देखिएका अवरोधलाई देखाइएको छ । भिडियोमा अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बूको प्रेम प्राप्तिको सकसलाई पनि स्थान दिइएको छ ।

भिडियोका दृश्यबाट अन्तरजातीय प्रेमबाट उत्पन्न सामाजिक र पारिवारिक समस्या देखाउन खोजिएको छ । चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बालगायत कलाकारको अभिनय छ । दिनेश राउतले निर्देशन गरेको चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>