Breaking News
आज पनि कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिएन, सभामुखले गरे संसद् बैठक स्थगित
०

काठमाडौं ,जेठ १-
सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई समय उपलब्ध गराएपछि नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गरेको छ । सभामुखले समय दिएपछि गृहमन्त्री रोस्टमतर्फ अघि बढेका थिए । तर, कांग्रेसले उनलाई जान दिएन । त्यसपछि उनी वेलमै रोकिएका थिए ।
प्रमुख प्रतिपक्षी दल कांग्रेससँग सहमति नगरी सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिएपछि कांग्रेसले वेल घेराउन गरेको हो । कांग्रेसको नाराबाजीपछि सभामुख घिमिरेले संसद् बैठक स्थगित गरेका छन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावसहितका सबै कार्यसूची हटाएर उनले बैठक स्थगित गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























