Breaking News
अगाडिपनि प्रचण्डकै नेतृत्वमा सरकार भएकोले प्रधानमन्त्रीले जीबी राई भगाएको रविको आरोपमा बोल्नुपर्छः गगन
०

काठमाडौँ, वैशाख २९-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणका आरोपित जीबी राई भगाएको आरोपको जवाफ दिनुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् ।
चितवनमा आज (शनिबार) उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएपछि थापाले यस विषयमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने बताएका हुन् ।
‘गृहमन्त्रीले नै यसअघिको सरकारले जीबी राईलाई भगाएको आरोप लगाउनु भएको छ । योभन्दा अगाडि प्रचण्डकै नेतृत्वमा सरकार थियो’ उनले भने । महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको तथ्य र प्रमाण आफूहरुसँग रहेको भन्दै संसदीय छानबिनका आधारमा त्यसलाई गलत प्रमाणित गर्न चुनौती दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























