देश/प्रदेश
दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, नदीमा खस्यो मोटरसाइकल
०

सुर्खेत, वैशाख २९-
सुर्खेतमा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
नेपालगन्जतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा ७ प ७०३१ र क.प्र.–०३–००१प–०३७९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा रुकुम पश्चिम चौरजहारीका ३० वर्षीय मोटरसाइकल चालक भुवन केसीको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक देवेन्द्र सिंह बुढाथोकीले उनका अनुसार केसीको शव नदीको छेउमा फेला परेको जानकारी दिए ।
त्यस्तै नेपालगञ्जबाट गइरहेको मोटरसाइकल सडकबाट अन्दाजी १०० मिटर तल भेरी नदीमा खसेको थियो। नदीमा खसेको मोटरसाइकल हालसम्म फेला नपरेकाले नम्बर खुलेको छैन।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























