देश/प्रदेश

श्रीमतीको नाममा फेक अकाउन्ट बनाएर श्रीमतीकै अश्लील भिडियो पोष्ट गर्ने श्रीमान् पक्राउ

Banner

काठमाडौँ, वैशाख २८-

श्रीमतीको नाममा फेक अकाउन्ट बनाएर श्रीमतीकै चरित्रहत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरको बकैया गाउँपालिका–७ घर भई काठमाडौँको जडीबुटी बस्ने २४ वर्षीय फुर्साङ रुम्बालाई प्रकाउ गरेको जानकारी दिए ।

उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी अवस्थीले बताए । पीडितकी दिदीले दिएको जाहेरीको आधारमा अनुसन्धान गर्दा फुर्साङले नै चरित्रहत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

वैदेशिक रोजगारीमा हुँदा ह्वाट्स एपमा आदान प्रदान गरेको गोप्य अंग देखिने फोटो र भिडियो फुर्साङले दुरुपयोग गरेर फेक अकाउन्ट बनाएर अपलोड गरेको अनुसन्धानबाट थाहा भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>