Breaking News

उच्च प्रदूषित रहेको भरतपुरको वायु हल्का वर्षापछि आज स्वस्थकर

Banner

चितवन, वैशाख २६-

पछिल्लो तीन दिनयता हल्का वर्षा भएपछि देशका अधिकांश स्थानमा वायु प्रदूषण घटेको छ । एक साताअघिसम्म उच्च प्रदूषित रहेको चितवनको भरतपुर, कास्कीको पोखरा तथा मुगुको रारा क्षेत्रमा वायु प्रदूषण घटेको हो ।

वातावरण विभागको मंगलबार बिहान ११ः३० बजेको तथ्यांकअनुसार आज (बुधबार) भरतपुरको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १२५, पोखराको ४३ तथा रारा क्षेत्रको ४७ मा झरेको छ, जुन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्वस्थयकर वायु रहेको अवस्था छ ।

यस्तै, काठमाडौं उपत्यकाका अधिकांश स्थानमा एक्यूआई एक सयभन्दा कम भएको छ । बिहान ललितपुरको भैँसेपाटी क्षेत्रमा एक्यूआई १८१ मापन भएको छ । रत्नपार्कमा एक्यूआई १२६ र शंखपार्कमा १११ छ । यीबाहेक उपत्यकाका अन्य क्षेत्रमा एक्यूआई एक सयभन्दा कम छ । मंगलबार २४ घण्टामा काठमाडौंको औसत एक्यूआई १७२ पुगेको विभागको तथ्यांक छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>