Breaking News

जितपछि सुहाङले भनेः मलाई मत दिएबापत तपाईँहरूले कहिल्यै पनि पछुताउनुपर्ने छैन

Banner

काठमाडौं, वैशाख १८-

इलाम २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले आफुले इलामको समृद्धिको नयाँ अध्यायका लागि विश्वास जित्ने मौका दिन गरेको आग्रहलाई साथ दिएको भन्दै अब समृद्धिको नयाँ अध्याय सुरू भएको बताएका छन् । मङगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेम्वाङले यस्तो बताएका हुन् ।

उनले बुवाले देखाएको निष्ठाको बाटो र इमानलाई शिरमा राखेर ‘समृद्ध इलामः सुखी इलामेली’ हाम्रो साझा सपना र संकल्प पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

आभार तथा धन्यवाद सन्देश व्यक्त गर्दै उनले भनेका छन्, ‘इलामको माटोको कसम खाएर म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु, ‘मलाई मत दिएबापत तपाईँहरुले कहिल्यै पनि पछुताउनुपर्ने छैन ।’

आफुले इलामको समृद्धिको नयाँ अध्यायका लागि विश्वास जित्ने मौका दिन गरेको आग्रहलाई साथ दिएको भन्दै अब समृद्धिको नयाँ अध्याय सुरू भएको बताएका छन् । इलामेलीको सेवाको लागि आफ्नो हात समाएर पठाएको भन्दै एमाले अध्यक्ष केपी ओलीप्रति आभार व्यक्त गरेका छन् । तस्बिरः सुहाङ नेम्वाङको फेसबुक पेजबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>