देश/प्रदेश

‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनीको निधन

Banner

काठमाडौं, वैशाख १७-

निजी क्षेत्रले निर्माण गरेको पहिलो फिल्म ‘माइतीघर’का अभिनेता सीपी लोहनी (चिदम्बरमप्रसाद लोहनी) निधन भएको छ । लोहनीको ८६ वर्षको उमेरमा आज (सोमबार) निधन भएको हो ।

काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा अल्माइजर पीडित उनको १ः३० बजे निधन भएको चलचित्र कलाकार संघले जनाएको छ ।

लोहनी गायक समेत थिए । रेडियो नेपालमा उनले केही गीत रेकर्ड गरेका छन् । उनी ‘माइतीघर’का गायक समेत थिए । पछिल्लो गीतको रुपमा उनले ‘पुनरागमन’ ल्याएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>