देश/प्रदेश

बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई खोप

Banner

बागलुङ, वैशाख १७-

बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई विभिन्न रोगविरूद्धका खोप लगाइएको छ ।

जिल्लाका १० स्थानीय तहमध्ये छ पालिकामा कुकुर, भैँसी, राँगा, गोरु, बाख्रा र बङ्गुरलगायत एक लाख ३१ हजार पाँच सय ७४ पशुचौपायालाई विभिन्न रोगविरुद्धका खोप लगाइका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख ऋषिराम सापकोटाले जानकारी दिनुभयो । संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारसँगको समन्वयमा १० पालिकाका दुई लाख ३५ हजार पशुचौपायामा खोरेत, रेबिज, चर्चरे, भ्यागुते, पीपीआर र स्वाइन फिवरलगायत रोगविरुद्धका खोप लगाउने खोप लगाउने लक्ष्यसहित खोप अभियान सञ्चालन गरिएको सापकोटाको भनाइ छ ।

गत माघबाट सुरूगरिएको अभियानखन्तर्गत हालसम्म ढोरपाटन र जैमिनी नगरपालिका तथा निसीखोला, तमानखोला र बरेङ गाउँपालिका क्षेत्रमा खोप लगाइसकिएका केन्द्रका पशु स्वास्थ्य अधिकृत केशवराज शर्माले जानकारी दिनुभयो ।

तथ्याङ्कअनुसार हालसम्म १८ हजार दुई सय ९६ गोरु र २९ हजार छ सय १५ राँगाभैँसीलाई खोरेत, ६४ हजार दुई सय १७ बाख्रा र १० हजार पाँच सय ३२ भेडालाई पीपीआर, सात सय २८ बङ्गुरलाई स्वाइनफिवर र छ सय ८८ बङ्गुरलाई खोरेतविरुद्धको खोप लगाइएको छ । त्यसैगरी छ पालिकाका सात हजार चार सय ९८ कुकुरलाई रेविजविरुद्धको खोप लगाइएको पनि शर्माको भनाइ छ ।

हाल गलकोट नगरपालिका र ताराखोला गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेका र वैशाख १८ गतेबाट बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका क्षेत्रका पशुचौपायामा खोप लगाउन सुरूगरिने कार्यालय प्रमुख सापकोटाले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>