मनोरञ्जन

लम्जुङको भुजुङमा ‘भाइरल गोर्खे’ को शुभ मुहुर्त, आजैबाट छायांकन सुरु

Banner

लम्जुङ, वैशाख ११–

कमेडी जनरामा निर्माण हुने चलचित्र ‘भाइरल गोर्खे’ को शुभ मुहुर्त गरिएको छ । लम्जुङको भुजुङ गाउँमा आज (मंगलबार) चलचित्रका निर्माता महेश लामिछाने, निर्देशक निगम श्रेष्ठ, कलाकारहरु सौगात मल्ल, लक्ष्मी गिरीलगायतले शुभ मुहुर्त गरेका हुन् ।

शुभ मुहुर्तसँँगै चलचित्रको छायांकन पनि सुरु भएको छ । शुभ मुहुर्तमा निर्माता लामिछानेले सामाजिक संजालले समाजमा पारेको सकारात्मक नकारात्मक प्रभावको कथालाई चलचित्रमा देखाईएको बताए ।
नायक सौगात मल्लले आफूले दर्शकलाई सधैं नयाँ स्वाद दिन खोज्ने भन्दै यस चलचित्रमा पनि केही फरक देख्न सकिने बताए । सामान्य कथालाई उत्कृष्ट ढंगले बुनिएको भन्दै दर्शकले चलचित्र रुचाउने उनको विश्वास छ ।

कलाकार लक्ष्मी गिरीले चलचित्र रमाइलो बन्ने बताइन् । सामाजिक संजालको दुरुपयोगले समाजमा पार्ने असर र सदुपयोगको फाइदालाई चलचित्रमा उतार्न खोजिएको उनको भनाइ थियो । चलचित्रमा सौगात र लक्ष्मी आमा छोराको भूमिकामा छन् ।

चलचित्रमा सौगात र लक्ष्मीसँँगै सृष्टि श्रेष्ठ, वुद्धि तामाङलगायतको पनि मूख्य भूमिका छ । लामिछाने र विशाला ताम्राकारको निर्माण रहेको चलचित्रमा अमर महर्जनको छायांकन रहनेछ। द जिएमआई एकेडेमी र निर्भना फिल्म स्कुलको ब्यानरमा बन्ने चलचित्रको अधिकांश छायांकन लमजुङक भुजुङ गाउँमा हुनेछ । साथै गोरखा र चितवनमा पनि छायांकन हुने निर्देशक निगम श्रेष्ठले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>