Breaking News

भरतपुरका विभिन्न स्थानमा आज र भोलि दिनभर विद्युत अवरुद्ध हुने

Banner

चितवन, वैशाख १०-

भरतपुर महानगरपालिकाको विभिन्न स्थानमा आज र भोलि दिनभर विद्युत अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार भरतपुर इण्डियन पेन्सन क्याम्पदेखि, क्यान्सर अस्पताल, तेह्रसाल चोक, सिताराम चोक र तोरीखेत लगायतका क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको हो ।

११ केभी प्रसारण लाइनको स्तरोन्नती कार्यको लागि विद्युतीय संरचनाहरु सार्नुपर्ने भएकाले दुई दिन विद्युत अवरुद्ध हुने भएको वितरण केन्द्रले जनाएको छ । बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरुद्ध हुने छ ।

निर्धारित समय अगावै काम सकिएमा छिटो लाइन चालु हुन सक्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>