Breaking News
नेपालले युएईलाई दियो १२० रनको लक्ष्य
०

काठमाडौं, वैशाख ७-
ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा नेपालले युएईलाई १२० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर नेपालले पहिले ब्याटिङ गरेको नेपाल ९ विकेटको क्षतिमा ११९ रन बनायो । नेपालका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे । उनले ४ चौका र २ छक्काको मद्दतमा ५० रन बनाए ।
नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा तथा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेका हुन् ।