मनोरञ्जन

निगमको चौँथो चलचित्र ‘भाइरल गोर्खे’को छायाँकन थालिँदै

Banner

चितवन, वैशाख ५–

चर्चित निर्देशक निगम श्रेष्ठले नयाँ चलचित्र घोषणा गरेका छन् ।

नयाँ पोष्टर सार्वजनिक गर्दै उनले आफ्नो चौँथो चलचित्र ‘भाइरल गोर्खे’ निर्माण थालनीको घोषणा गरेका हुन् । द जिएमआई एकेडेमी र निर्वाणा फिल्म स्कुलको व्यानरमा निर्माण हुन लागेको चलचित्रका निर्माता विशाल ताम्राकार र महेश लामिछाने रहने छन् ।

भरतपुर चितवन निवासी युवा निर्देशक निगमले यसअघि ‘छड्के’, ‘लालपुर्जा’ र ‘छड्के २’ निर्देशन गरेका थिए । ‘छड्के’ले राम्रो प्रशंसा पाएको थियो । ‘छड्के २’ भने व्यावसायिकरूपमा सफल भएन ।

निगमले सार्वजनिक गरेको पोष्टरमा दुईवटा राँगामाथि उभिएका सौगात मल्ल देखिन्छन् । जसले चलचित्रको मुख्य भूमिकामा सौगात रहने देखाएको छ । निगमका अनुसार हाँस्यप्रधान ुभारइल गोर्खेुमा सौगातका अलावा सृष्टि श्रेष्ठ, बुद्धि गुरुङ र लक्ष्मी गिरीको मुख्य भूमिका रहने छ ।

चलचित्रको छायाँकन यही वैशाख ६ गतेबाट प्रारम्भ गरिने निगमले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>