मनोरञ्जन
बेहुली बन्दा यस्ती देखिइन् एलिना चौहान (तस्वीर)
०

काठमाडौं, वैशाख ५-
गायिका एलिना चौहानको विवाह समारोह झापाको विर्तामोडमा चलिरहेको छ। अस्ट्रेलियामा रहेर व्यवसाय गर्दै आएका गीतकारसमेत रहेका विष्णु सापकोटासँग एलिनाले लगनगाँठो कस्दैछिन्।
त्यहाँस्थित बिर्ता पार्टी प्यालेसमा चलिरहेको विवाहमा दुवै पक्षका परिवार, आफन्त, साथीभाइ सहभागी छन्।
गायिका रचना रिमाल, मेलिना मैनाली, एन्जिला रेग्मी, मोडल विजय पुन, जुम्ल्याह मोडल स्मारिका र समारिका ढकाल लगायत कलाकारहरू बिहेमा उपस्थित छन्।
झापाकी एलिना र बागलुङका विष्णुले केही समयको प्रेम सम्बन्धलाई पारिवारिक सल्लाहमा बिहेमा परिणत गर्न लागेका हुन्।