भिडियो

आज सार्वजनिक हुँदै थारू म्युजिक भिडियाे ‘अईना जैना’

Banner

चितवन, वैशाख ५-

थारु गीत संगीतको उत्पादन व्यापक रुपमा भइरहेको अवस्थामा बहुप्रतिक्षित थारु संस्कृति झल्कने ‘अईना जैना’ म्युजिक भिडियो आज रामनवमीको अवसरमा सार्वजनिक गरिँदै छ । उक्त म्युजिक भिडियो सेविल इन्टरटेनमेन्ट प्रालिको आधिकारिक युट्युव च्यानल मार्फत सार्वजनिक गर्न लागिएको हो ।

भिडियोमा प्रेमिल जोडी बीचको चोखो माया, धोखा र वियोगको कथा वस्तु समेटिएको छ। थारु समुदायको प्रतिनिधित्व गर्ने म्युजिक भिडियोमा प्रीन्स नभनित र स्वेच्छा महतोको अभिनय रहेको छ।

यो गितले थारु गित संगितको संरक्षण एवम् प्रबद्र्धनमा ठूलो भूमिका खेल्ने चितवनका थारु गित प्रेमी होटल ह्याप्पी होम नारायणगढका सञ्चालक कृष्ण महतोले बताए । यस्ता म्युजिक भिडियो अझ धेरै बन्नुपर्ने पनि उनले बताए ।

यस भिडियोमा छायांकन र सम्पादन रमेश चौधरीको छ भने निर्देशन हिरा चौधरीको रहेको छ। यस भिडियोको अडियो करिब १ दशक पहिले निर्माण गरिएको थियो। जसमा चर्चित गायक प्रमोद खरेलको स्वर रहेको छ भने शब्द संगीत राष्ट्रिय थारु कलाकार मञ्चका केन्द्रिय अध्यक्ष विनय वैधको रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>