Breaking News

पार्टीको अनुमतिबिना विदेश नजान एमाले सांसदहरूलाई ओलीको निर्देशन

Banner

काठमाडौं, वैशाख ३-

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको अनुमतिबिना विदेश भ्रमण नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्।

सोमबार संसदीय दलको बैठकमा बोल्दै उनले पार्टीको अनुमतिबिना विदेश जाने काम नगर्न सांसदलाई सचेत गराएका हुन्।

ओलीले पार्टीका प्रमुख सचेतक र सचेतकलाई जानकारी गराएर मात्रै सांसदहरुले विभिन्न कार्यक्रममा जान सक्ने बताए।

विगतमा सांसदहरुले रातो पासपोर्ट लगायतका काण्डमा फसेपछि पुनः सांसद हुन नपाउने गरी पार्टीले कारबाही गर्नु परेको दृष्टान्त पेश गर्दै उनले त्यसो हुन नदिनका लागि पनि सांसदहरुले पार्टी संसदीय दलको परामर्शमा मात्रै विदेश जान उपयुक्त हुने बताए। अध्यक्ष ओलीले सहकारी लगायतका ठगीमा पनि सांसदहरु संलग्न रहेको उल्लेख गर्दै त्यसमा नसफस्न सावधानी अपनाउनुपर्ने बताए।

‘माननीयजीहरु कहाँ हुनुहुन्छ भन्ने कुरा प्रमुख सचेतक र सचेतकलाई स्पष्ट जानकारी हुनुपर्दछ। बिनाइजाजत विदेश जाने गरिएको छ भने त्यो बन्द गरिदिऔं,’ उनले भने।

उनले सहकारीका नाममा ठगी बढेको पनि बताए। ‘आज सहकारीका नाममा ठगीहरू, ठगहरू तपाईं हामीले देखेका छौं,’ उनले भने, ‘अर्बौंका ठग।’ न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>