अन्तर्राष्ट्रिय

आज बिहान घरबाहिर गोली चलेपछि बढाइयो सलमान खानको सुरक्षा व्यवस्था

Banner

नयाँ दिल्ली, वैशाख २-

बलिउड सुपरस्टार सलमान खानको सुरक्षा व्यवस्था कडा पारिएको छ । अभिनेताको घरबाहिर गोली हानाहान भएपछि उनको सुरक्षा कसिलो पारिएको हो । आज बिहान ४ बजेर ५५ मिनेटमा उनको घरबाहिर गोली चलेको थियो । मुम्बईको बान्द्रा क्षेत्रमा रहेको अभिनेताको ग्यालेक्सी अपार्टमेन्ट बाहिर मोटरसाइकलमा आएका दुई अज्ञात आक्रमणकारीले ३–५ राउन्ड गोली हानेका थिए ।

सलमान खानलाई पहिला नै राज्यले वाई प्लस सुरक्षा दिँदै आएको थियो । यस घटनापछि सलमान खान र उनको घर वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ । वाई प्लस सुरक्षामा ११ सुरक्षाकर्मीहरूले सुरक्षा दिन्छन् । यसमा २ देखि ४ जना सीआरपीएफ वा सीआईएसएफ कमाण्डो र पुलिसहरू हुन्छन् । यस घटनामा कसैलाई घाउचोट लागेको छैन ।

यसअघि पनि आएको थियो खानलाई धम्की

सलमान खानलाई यसअघि पनि पटकपटक ज्यान मार्ने धम्की आएको थियो । ग्याङ्स्टार लरेन्स बिश्नोईले सलमानलाई मार्ने धम्की दिएका छन् । एक अन्तरवार्तामा पनि उनले आफ्नो जीवनको उद्देश्य सलमान खानलाई मार्नु भएको खुलासा गरेका थिए । लरेन्सको धम्कीपछि मुम्बई प्रहरीले सलमान खानको सुरक्षाको समीक्षा गरेको थियो । गत वर्ष पनि सलमान खानको अफिसमा धम्कीपूर्ण इमेल पठाइएको थियो । यसपछि ग्याङ्स्टर लरेन्स बिश्नोई, गोल्डी ब्रार र रोहित गर्गविरुद्ध मुद्दा दर्ता गरिएको थियो । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>