Breaking News

एक वर्षमा ४४ हजारले बढेको सुन वर्षको अन्तिम दिन १ लाख ३९ हजारमा कारोवार

Banner

काठमाडौँ, चैत ३०-

स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । हिजो २ सयले घटेको सुनको मुल्यले आज (शुक्रबार) यो वर्षको अन्तिम दिन पुनः १४ सयले बढेर नयाँ रेकर्ड राखेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चैत ३० गते छापावाला सुन प्रतितोला १ लाख ३९ हजारमा कारोवार भइरहेको छ । छापावाला सुन हिजो (बिहिबार) एक लाख ३६ हजार छ सयमा कारोवार हुँदा बुधबार प्रतितोला एक लाख ३६ हजार आठ सयमा कारोबार भएको थियो ।

२०७९ चैत ३० गते छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ९९५ रुपैयाँ रहेको थियो । यो सँगै २०८० सालभर सुनको मूल्यमा ४४ हजार रुपैयाँ वृद्धि भएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य समेत सोही दरमा वृद्धि हुँदै वर्षको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँ पुगेको छ ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>