मनोरञ्जन

बाल मनोविज्ञानमा आधारित नेपाली चलचित्र ‘सारंग’ बन्ने

Banner

काठमाडौं, चैत २९-

बाल मनोबिज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको विषयमा नेपाली चलचित्र ‘सारंग’ निर्माण हुने भएको छ ।
बिहीबार राजधानीमा प्रेसमिट आयोजना गरी चलचित्रबारे जानकारी दिइएको हो ।

कोरियोग्राफरको रुपमा समेत परिचित निर्देशक प्रशान्त तामाङको लेखन तथा निर्देशनमा बन्ने चलचित्रमा ऋचा शर्मा,उत्पल झा,समिर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दिपिका थापा, सुमन सागरजंग केसीका साथमा बालकलाकारद्वय सम्राट थापा र आदित्य कार्कीले अभिनय गर्दैछन् ।

कार्यक्रमका प्रमुख आथिति कान्जिरोवा नेसनल स्कुलका प्रिन्सिपल रञ्जित थापाले ‘सारंग’ ले आममानिसमा मनोरञ्जनका साथै यथेष्ट सूचना प्रदान गर्ने विश्वास ब्यक्त गर्दै अभिभावकलाई भविष्यका कर्णाधार बालबालिकाप्रति गर्नुपर्ने ब्यबहार तथा जिम्मेवारी बोध गराउन सफल हुने धारणा ब्यक्त गरे ।

निर्देशक प्रशान्तले आफूले समाज, घरपरिवारदेखि, भोगी आएका विषयलाई पर्दामा उतार्न लागेको बताउदै ‘सारंग’ को आगामी आइतबार अर्थात २ वैशाखबाट छायांकन सुरु हुने जानकारी दिए । अभिनेत्री ऋचाले आफूलाई ‘सारंग’ को स्क्रिप्ट निकै मन परेको बताउँदै यसप्रकारको चलचित्रले समाजलाई सही दिशामा निर्देशन गर्न अहम् भूमिका निर्वाह गर्ने राय राखिन् । उनले यो फिल्ममा आफूलाई दर्शकले बिगतका आफ्ना चलचित्रहरु भन्दा फरक भूमिकामा देख्न पाउने दाबी गरिन् ।

दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रको डिओपी गोपाल राय छन् । मित्र ध्वज गुरुङले सम्पादन गर्ने चलचित्रका गीत डिपी खनालले लेखेका हुन् भने संगीत शंकर थापा ‘स्माइल’ को छ । कान्जिरोवा स्कुलका कोअर्डिनेटर बिकास बस्नेत, गीतकार शंकर थापा स्माइल, रंगकर्मी राजेन्द्र रिमाल तथा चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले ‘सारंग’ लाई शुभकामना व्यक्त गरेका थिए । चलचित्र बाल दिवसको अबसर पारेर सार्वजनिक प्रदर्शन गर्ने योजना निर्माण पक्षको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>