मनोरञ्जन

मनोज गजुरेलले गरे टाउकोमा ६ हजार कपालको रोपाईं

Banner

काठमाडौँ, चैत २९-

टिभी रियालिटी शो कमेडी च्याम्पियनका जज मनोज गजुरेलले टाउकोमा ‘रोपाईं’ गरेका छन् । ‘विग’ लगाएर हिँड्ने गरेका गजुरेलले टाउकोमा ‘रोपाईं’ गरेका हुन् ।
निर्देशक विशाल भण्डारीसहित टिम चढेको गाडी दुर्घटना भएर पछिल्ला दुई एपिसोड रोक्किदा गजुरेलले टाउकोमा ‘रोपाईं’ गर्न भ्याएका हुन् ।

एरोगिन हेल्थकेयरका डाक्टरले दुई चरणमा कपाल प्रत्यारोपण गर्न सल्लाह दिएपछि गजुरेलले पहिलो चरणको ‘रोपाईं सकेका हुन् । उनको अगाडिको तालुमा अहिले ठुटे कपाल भरिएको छ । मनोजकै टाउकोको पछाडि भागको कपाल निकालेर अगाडिको भागमा प्रत्यारोपण गरिएको हो । उनको टाउकोमा ६ हजार भन्दा बढी कपाल प्रत्यारोपण गरिएको हो । रोपिएपनि अहिले पातलो छ ।

अहिले पातलो देखिएपनि दोस्रो चरणमा फेरि थप कपाल रोपेपछि उनको टाउको हराभरा हुने छ । डाक्टरका अनुसार यो कपाल बढेर धेरै झर्छ र तलबाट टुसा पलाउँछ । त्यो ठूलो भएपछि चाहीँ झर्दैन ।

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>