बलिउड/हलिउड

धनुष र ऐश्वर्याले दिए सम्बन्ध विच्छेदको निवेदन

Banner

काठमाडौं, चैत २७-

दक्षिण भारतीय फिल्मको लोकप्रिय जोडी धनुष र ऐश्वर्या रजनीकान्त कानुनी रुपमै अलग हुने भएका छन् । यी दुईले सोमबार चेन्नईको एक पारिवारिक अदालतमा सम्बन्ध विच्छेदका लागि निवेदन दिए ।

इण्डिया टुडेका अनुसार कानुनको धारा १३–बी अनुसार आपसी सहमतिबाटै उनीहरुले डिभोर्स गर्ने भन्दै निवेदन दायर गरेका हुन् । सन् २०२२ को जनवरीमा यी दुईले अलग हुने घोषणा गरिसकेका थिए ।

विवाहको १८ वर्षपछि धनुष र ऐश्वर्याको दाम्पत्य जीवन टुंगिन लागेको हो । अलग हुने घोषणाको डेढ वर्षपछि दुवैले आपसी सहमतिमा सम्बन्ध विच्छेदका लागि निवेदन दिएका हुन् । यो मुद्दाको सुनुवाइ चाँडै हुने उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>