चितवन विशेष

३४ दिनमा सकियो ‘बेहुली फ्रर्म मेघौली’ छायांकन

Banner

भरतपुर,चैत २७-

फिल्म ‘बेहुली फ्रर्म मेघौली’ छायांकन सकिएको छ । चितवनको विभिन्न स्थानमा ३४ दिन लगाएर फिल्मको छायांकन गरिएको निर्माण पक्षले जनाएको छ । कमेडी जनरामा बनेको यस फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य अभिनय रहने बताइएको छ । त्यस्तै विजय बराल, सिम्रन खड्कालगायकको अभिनय फिल्म देख्न सकिनेछ ।

ब्याल्क हर्स पिक्चर्स र मेघौली फिल्मस्को संयुक्त ब्यानरमा बन्ने यसै फिल्मबाट स्वस्तिमाले निर्माणमा हात हालेकी छन् । कार्यकारी निर्माताको जिम्मेवारीमा भने शंकर पाण्डे र फिरोज खड्का रहेका छन् । यस फिल्ममा साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन रहेको बताइएको छ । यो फिल्म विसं २०८१ को दसैंमा प्रदर्शनमा आउने निर्माण पक्षले घोषणा गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>