Breaking News

गुजरातविरुद्ध १८ रनको जित निकालेको नेपालले चुम्यो उपाधि

Banner

काठमाडौँ, चैत २५-

एसएमएस फ्रेन्डसिप कपको फाइनलमा गुजरातविरुद्ध नेपालले जित हासिल गरेको छ । फाइनलमा नेपालले गुजरातलाई १८ रनले हराएको हो । योसँगै नेपालले उपाधि चुमेको छ ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको गुजरातले भने निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५८ रनमात्र बनाउन सक्यो ।

यस्तै नेपालका बलर अभिनाष बोहराले गुजरातको तीन विकेट लिदाँ दीपेन्द्रसिंह ऐरीले पनि दुई विकेट लिए । कुशल मल्ल र करण केसीले पनि एक(एक विकेट लिए ।

नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले केवल ४७ बलमा ७४ रन बनाए । ओपनर ब्याट्सम्यान आसिफ शेखले पनि टोलीको खातामा ३४ बलमा ३४ रन थपे ।

अर्का ओपनर कुशल भुर्तेलले २१ बलमा १९ रन बनाए । दीपेन्द्रसिंह ऐरी तीन बलमा सात रन बनाउँदै पेभेलियन फर्किए । कुशल मल्लले पनि १३ बलमा अविजित ३१ बलमा रनको योगदान गरे ।

सन्दीप जोराले तीन बलमा अविजित सात रन बटुले ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>